काठमाडौं । नेपाल सरकारले २०७५–०७६ को बजेट प्रस्तुतसँगै एनसेलले दिँदै आएको सेवामा वृद्धि गर्दै १३ प्रतिशत कर लागू हुने बताएको छ ।
साउन १ गतेदेखि कल तथा अन्य इन्टरनेट सेवामा थप १३ प्रतिशत भ्याट लाग्ने एनसेलले जानकारी दिएको हो ।
पहिले इन्टरनेट सेवामा दिँदै आएको दुरञ्चार छुटलाई हटाइएको छ ।
दुरसञ्चारमा लाग्ने ११ प्रतिशत सेवामा थप २ प्रतिशत कर वृद्धि गर्दे १३ प्रतिशत बनाइएको हो ।
अब कल र इन्टरनेट सेवामा १३ प्रतिशत नै सेवा शुल्क लाग्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया