इंग्ल्याण्ड। अमेरिकी सेरेना विलियम्स र जर्मनीकी एन्जलीक्यु कारबेर जारी विम्बल्डन टेनिस च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् ।
अल इंग्ल्याण्ड क्लबमा बिहीबारराति सम्पन्न भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा पूर्व विश्व नम्बर एक अमेरिकी सेरेनाले जर्मनीकी जुलिया गोर्गेसलाई दुई—शन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेकी हुन ।
सेरेनाले खेलको पहिलो सेट ६—४ ले आफ्नो पक्षमा पारिन् । सातौँ पटक विम्बल्डनको उपाधि जित्ने दाउमा रहेकी सेरेनाले दोस्रो सेटमा ६—४ ले गोर्सेसलाई सहजै पराजित गरिन ।
त्यस्तै, बिहीबारराति नै भएको अर्को खेलमा जर्मनीकी एन्जलीक्यु कारबेरले डेनमार्ककी जेलेना ओस्टापेन्कोलाई ६—३ र ६—३ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् ।
फाइनल खेल शनिबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया