बीमा समितिलाई नेपाल बीमा प्राधिकरणको रुपमा परिणत गर्ने विधेयक संसदमा प्रस्तुत (पूर्णपाठ सहित)

काठमाडौं । बीमा समितिलाई नेपाल बीमा प्राधिकरणको रुपमा परिणत गर्ने विधेयक संसदमा प्रस्तुत भएको छ । 

बीमा व्यसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमा व्यवसायको नियमन, निरीक्षण, सुपरिबेक्षण र विकास गर्न तथा बीमितको हकहित संरक्षण गर्न नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गर्ने विधेयक संसदमा प्रस्तुत भएको हो । 

प्रस्तावित बीमा विधेयक अनुसार हाल बीमा समितिले गर्दै आएको सम्पूर्ण काम, कर्तव्य र अधिकार बीमा प्राधिकरणमा हुने छ । त्यस्तै चलअचल सम्पत्ती वा दायित्वका साथै कर्मचारीहरु समेत स्वतः प्राधिकरण अन्तर्गत हुने छ ।

यसैगरी प्राधिकरणका कर्मचारीको सेवा सुविधा, विनियम, संगठनिक संरचनाको निर्णय अधिकार अर्थमन्त्रालयलाई हुने ।

हाल रहेको बीमा समितिको कार्यकाल तत्काल समाप्त हुने ।

विधेयकको पूर्णपाठ …
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?