कुमारी बैंकको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको ११ लाख ४१ हजार ३ सय ७४ कित्ता लिलामी शेयरमा बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन रहेको छ ।

इच्छुक लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले हकप्रदमा बिक्री नभएको ५ लाख १ हजार ९ सय २१ कित्ता संस्थापक र ६ लाख ३२ हजार २ सय ८२ कित्ता साधारण शेयर यहि असार २२ देखि लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ भन्दा बढी मूल्य राखेर संस्थापक शेयरका लागि कम्तिमा १ हजार कित्ता र साधारण शेयरका लागि कम्तिमा १ सय कित्ताको आवदेन दिनुपर्ने छ ।

लगानीकर्ताहरुले लिलामी सेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, र लगननखेल तथा कुमारी बैंक दरबारमार्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी, बीरगञ्ज, विराटनगर, बुटवल र पोखरा शाखाबाट असार २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?