सन् १९९८ को उपलब्धिलाई उछिन्ने दाउमा क्रोएसियाका कप्तान लुका मोड्रिच

रसिया। फुटबलको महाकुम्भ फिफा विश्वकपको २१ औं संस्करण अन्तिम चरणमा आइपुगेको छ ।

विश्वकप शुरु हुँदै गर्दा समर्थकहरुले आफ्नो टिमको सपोर्टमा गुणगान गाउनु नौलो कुरा हैन तर उपाधिका दाबेदार मानिएका बलियो टिमहरु बाहिरिँदा अहिले प्रायः सबै समर्थकहरु मौन छ ।

विश्वकप शुरु हुँदै गर्दा जब अप्रत्यासिता नतिजाहरु आउन थाले तब केही समर्थकहरुले विश्वकप नै नर्होने घोषणा समेत गरे । ठूला भनिएका केही टिमहरु समूह चरण, प्रि—क्वार्टरफाइनल, क्वार्टरफाइनल त केही सेमिफाइनलबाटै बाहिरिए ।

चाहे पाँचपटकको विजेता होस् वा एक पटक जित्नेको, चर्चा इतिहास रच्नेकै हुन्छ । जारी विश्वकपको दोस्रो सेमिफाइलनमा यस्तै इतिहास रच्यो क्रोएसियाले । पहिलेको विश्वकपमा खासै चर्चा बटुल्न नसकेको क्रोएसियाले यसपालिको प्रतियोगितामा भने जादु नै देखाएको छ ।

कहि कतैमात्र सुनिने नाम अहिले आम फुटबलप्रेमी समर्थकमात्र हैन विश्वमा नै क्रोएसियाको चर्चा र परिचर्चा हुन थालेको छ  ।

५२ वर्षपछि विश्वकपको ट्रफी उचाल्ने इंग्ल्याण्डको सपनालाई टुङग्याउदै क्रोएसिया विश्वकपको फाइनलमा पुगेको हो । अब क्रोएसिया पूर्व विश्वविजेता फ्रान्सलाई हराउँदै उपाधि जित्ने दाउमा रहेको छ । 

सेमिफाइनलमा पूर्व विश्वविजेता इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्दै स्वर्णिम अक्षरले इतिहासमा नाम लेखाउन सफल भयो । मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया २–१ ले इंग्ल्यान्डलाई हराउँदै अन्तिम दुईमा पुगेको हो । 

५२ वर्षपछि विश्वकपको ट्रफी उचाल्ने इंग्ल्याण्डको सपनालाई टुङग्याउदै क्रोएसिया विश्वकपको फाइनलमा पुगेको हो । अब क्रोएसिया पूर्व विश्वविजेता फ्रान्सलाई हराउँदै उपाधि जित्ने दाउमा रहेको छ । 

यता कप्तान लुका मोड्रिचले सन् १९९८ को उपलब्धिलाई उछिन्दै उपाधि जित्ने अभियान रहेको बताए ।

सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित हुँदै क्रोएसियाको फाइनलमा पुग्ने सपनामा पूर्णविराम लागेको थियो । त्यतिबेला प्रतियोगिता अवधिभर ६ गोल गरेका क्रोएसियाका डाभोर सुकरप्रेरितले ‘गोल्डेन बुट’ जितेका थिए ।

क्रोएसियाली फुटबल महासंघका अध्यक्ष समेत रहेका सकुरको नाममा सर्वाधिक ४५ गोलको किर्तीमान रहेको छ तर अहिलेसम्म कुनै क्रोएसियाली खेलाडीले उसको किर्तीमान तोड्न सकेका छैनन् । 
क्रोएसियाले प्रि—क्वार्टरफाइनल खेलमा डेनमार्कलाई टाइब्रेकरमा ३—२ गोलले तथा क्वार्टरफाइनलमा आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा ४—३ गोलले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो । 

 

झण्डै ४० लाख जनसंख्या भएको क्रोएसियाले जारी विश्वकपमा पाइरहेको सफलता पत्याउनै गाह्रो छ । ग्रप अफ डेथ भनिएको समूहबाट फाइनलसम्म आइपुग्नु क्रोएसियाको लागि ऐतिहासिक सफलता हो ।

सन् १९९८ को विश्वकपमा क्वार्टरफाइलमा जर्मनीलाई ३–० ले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको थियो ।

क्रोएसियाले यहि आइतबार लुज्निस्की स्टेडियममा उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । यि दुई टिमविचको खेल निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?