सलमानलाई नेपाल ल्याउने भन्दै ठगी गर्ने सीमान्त गुरुङ पक्राउ

काठमाडौं । बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै टिकट बिक्री गर्ने ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङ पक्राउ परेका छन् । 

उनलाई पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको आरोप लागेको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई शुक्रबार लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो ।  

सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौँ ठगी गरेको आरोपमा नियन्त्रणमा लिएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।  

विप्लव नेतृत्वको नेकपाको धम्की पछि सलमानले नेपाल भ्रमण स्थगीत गरेको थियो । तर, गुरुङले ‘सलमान नेपाल आउने फिक्स छ’ भन्दै पैसा उठाइरहेको एसएसपी सिंहलले बताए ।

गुरुङमाथि ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गर्ने एसएसपी सिंहले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?