तङ्ग्रिदै भक्तपुर : भिजेका सामान सुकाउँदै भक्तपुरवासी (१७ तस्विरमा)

भक्तपुर । बुधबार रातभरि परेको अविरल वर्षाका कारण भक्तपुरको मध्यपुर ठिमी क्षेत्र डुबानमा प-यो । पानीको सतह जमिनबाट ४ फिट माथिसम्म आएपछि स्थानीयलाई आफूभन्दा पनि आफ्ना सामान र लत्ता कपडा कसरी जोगाउने भन्ने समस्या आइप-यो ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमी नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबानबाट प्रभावित भए । साथै  भूकम्पपीडितका शिविर समेत डुबानमा प-यो । 

विकास र समृद्दिको चर्को नारा लगाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डुबानपीडितको बस्तीमा पानीजहाज चलाएर आफ्नो सपना पूरा गर्न भन्दै स्थानीयले व्यङ्ग्यसमेत गरे । आज (शुक्रवार) सम्ममा भने विभिन्न स्थानमा पसेको बाढीको पानी घट्दै गएको छ । केही स्थानमा बाढी पसेर स–साना दह बनेका छन् । स्थानीयले घरभित्र पसेको पानी पाइप लगाएर बाहिर फाल्न थालेका छन् ।

त्यस्तै व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुइँतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौँका सामान नष्ट भएको छ । 

विभिन्न इलेक्ट्रोनिक्स फर्म, बिक्री पसल, किराना पसल, सिमेन्ट लगायतका निर्माण सामग्री डुबेर नष्ट हुँदा करोडौँको क्षति भएको छ ।

यसैगरी स्थानीयले बाढीले ढाडिएका सामानलाई घाममा सुकाउन थालेका छन् । यसैबीच लोकपथकर्मी सरोज घिमिरेले भक्तपुरका विभिन्न स्थानमा पुगेर १७ तस्वीर खिचेका छन्ः

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?