पाँचथरमा सालकको खपटा र गहनासहित १ जना पक्राउ

फिदिम : दुर्लभ प्रजाति सालकको ११ किलोग्राम खपटा र चाँदीको गहनासहित पाँचथर प्रहरीले १ जनालार्इ पक्राउ गरेको छ ।

मे १ ज १४३९ नम्बरको जीपमा प्रतिबन्धित अोखटोपहार र गहना ल्याउँदै गर्दा ५३ बर्षीय फुपुठी शेर्पालार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

मेची राजमार्गको हिलिहाङमा गाडी चेकजाँच गर्दा शेर्पालार्इ पक्राउ गरिएको हो । शेर्पाका साथबाट १२ हजार नगद र २ थान मोबार्इल सेट पनि बरामद भएको छ ।

प्रतिबन्धित सामग्रीका साथ पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान भर्इरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?