मनाङ पुग्यो राष्ट्रिय बाणिज्य बैंक

काठमाडाैं : राष्ट्रिय बाणिज्य बैंकले हिमाली जिल्ला मनाङमा शाखा स्थापना गरेको छ । 

मनाङको नेस्याङ गाउँपालिका-४ स्थित हुम्देमा बैंकिङ कारोबार सहज बनाउन शाखा खोलिएको बैंकले जानकारी दिएको छ । 

मनाङसँगै बैंकले मोरङको कटहरी, राैतहटको माैलापुर र र्इशनाथ गाउँपालिकामा शाखा खोलेको छ । 

खोलिएका नयाँ शाखासहित राष्ट्रिय बाणिज्य बैंकले अाफ्नो शाखा संख्या १९९ वटा पु-याएको छ । 

दुर्गम क्षेत्रका जनतालार्इ अाधुनिक बैंकिङ सुविधा दिन शाखा स्थापनामा जोड दिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?