बझाङबाट बेपत्ता दुर्इ बालिकाको शव भेटियो

चैनपुर : विद्यालयबाट फर्कनेक्रममा बझाङको सुर्मा-२ बाट  शुक्रबारदेखि बेपत्ता भएका २ बालिकाको शव भेटिएको छ ।

सुर्मा-२ की १४ बर्षीय विमला बोहरा र ८ बर्षीय रिनु बोहराको शब बाउली खोलाको काटेपुलभन्दा ४ किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

यी दुर्इ छात्रालार्इ शुक्रबार अाएको बाढीले बाउली खोलाको काठेपुलसहित बगाएको थियो ।

पोस्टमार्टमका लागि यी दुर्इ छात्राको शव जिल्ला अस्पताल ल्यार्इँदैछ ।

पक्की पूल नहुँदा केही बर्षयता सुर्माका झण्डै ३० जना स्थानीयको खोलाले बगाउँदा मृत्यु भर्इसकेको गाउँपालिका अध्यक्ष नरबहादुर बोहोराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?