तारो ब्राण्डको दुई पाङ्ग्रे बाइक तथा स्कुटर नेपाली बजारमा भित्रियो

लोकपथ
70
Shares

काठमाडौं । एस.जि ग्रुपअन्तर्गत रहेको ओम मोटोकर्प प्रा.लिले हालसालै इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाईक तथा स्कुटर नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले Taro ब्राण्डका Imola 150 Alex र T9150 गरी दुई मोडलमा स्कुटर र GP2 200, GP1 250 SR र GP1 380 गरी तिन मोडलका Premium Bikes हरु नेपाली बजारमा पस्केको छ ।

नक्सालको नारायण चोकमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गर्दै, काठमाडौंको भत्केको पुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पुर्याएको छ ।

यसका साथै, टेकुस्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्रि प्वाइन्ट लिँदै यस व्राण्डको वाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । उपत्यका बाहिरका मुख्य-मुख्य शहरहरुमा जस्तै : धरान, इटहरी, विर्तामोड, दमक, चितवन , बुटवल, पोखरा , दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा कम्पनीले डिलर छनोटको प्रक्रिया सकाइ, आवश्यकीय संरचनाको निमार्ण कार्यलाई अघि बढाउदैं, सानोपोखरा स्थित ओम अटोमोवाइल्स मार्फत बिक्री सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो Imola 150 को बिक्री मुल्य ३ लाख ३० हजार GP1 250 SR को ६ लाख ५० रुपैयाँ र GP1 380 CCको बिक्री मूल्य ९ लाख ५० हजार कायम गरेको छ ।

आकर्षक डिजाइनको साथै EFI,TFT, Display, CBS (Combined Braking System), Liquid Cooled Engine र अन्य Master of Engineering हरु यस व्राण्डका वाइक तथा स्कुटरमा अनुभव गर्न सकिन्छ ।

साथै कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित हुने गरी यही चैत्र २४ देखि ३१ बैशाख २०७९ सम्म लागु रहने गरी आफ्नो अफर सार्वजानिक गरेको छ । जसमा Taro ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार रुपैयाँ छुट पाउनेछ, GP2 200 खरिद गर्दा रु.२०,००० छुट, GP1 250 SR मा २५ हजार र GP1 380 खरिद गर्दा ३० रुपैयाँ छुट पाउने छ । साथै कम्पनीले यस अवधि भर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरु लाई लक्की ड्र माफर्त बैंककको प्याकेज अफर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?