रसिया । फिफा विश्वकप फुटबल अन्तर्गत आज तेस्रो स्थानको प्लेअफमा बेल्जियमले इंग्ल्याण्डको सामना गर्दैछ ।
यि दुई टिमविचको खेल सेन्ट पिटर्सबर्ग स्टेडियममा नेपाली समयअनुसार आजसाँझ पौने ८ बजेपछि शुरु हुँदैछ । बेल्जियमले दोस्रो पटक तेस्रो स्थानको प्लेअफ खेल्न लागेको हो ।
सन् १९८६ मा मेक्सिकोमा सम्पन्न विश्वकपमा बेल्जियम फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित भएको थियो । यता इंग्ल्याण्ड पनि दोस्रो पदक तेस्रो स्थानको प्लेअफको खेल खेल्दैछ ।
यसअघि सन् १९९० मा सम्पन्न विश्वकपमा इंग्ल्याण्ड आयोजक राष्ट्र इटालीसँग २–१ ले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो । यसअघि भएको सेमिफाइनल खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएको थियो ।
जारी विश्वकपमा१४ गोल गर्दै बेल्जियम सर्वाधिक गोल गर्ने टोली बनेको छ । यता इंग्ल्यान्डका कप्तान ह्यारी केन धेरै गोल गर्ने खेलाडीको सूचीमा ६ गोलसहित शीर्षस्थानमा छन् । उनी विश्वकपको एकै संस्करणमा धेरै गोल गर्ने इंग्लिस खेलाडीको सूचीमा ग्यारी लिनेकरसँग बराबरीमा छन् ।
बेल्जियमले सुरुआती ५ खेलमा लगातार जित दर्ता गर्दै बेल्जियन इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भयो। आजसाँझको खेलमा पूर्व विश्वविजेता इंग्ल्याण्डलाई पराजित गर्ने रणनीतिका साथ बेल्जियम मैदानमा उत्रदैछ ।
इंग्ल्याण्डले जारी प्रतियोगितामा गरेका १२ गोलमध्ये ९ गोल पेनाल्टीबाट सम्भव भएको हो । विश्वकपमा इंग्ल्याण्डले सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान पनि कायम गर्यो । सन् १९६६ मा उपाधि जित्दा इंग्ल्यान्डले ११ गोल गरेको थियो ।
अहिलेसम्म बेल्जियम र इंग्ल्यान्ड २२ पटक आमने—सामने भएका छन् । जसमा इंग्ल्याण्डले १४ खेल जितेको छ ।
विश्वकपमा भने यी दुई टोम तीन पटक भिडेका छन् । सन् १९५४ मा भएको खेल ४–४ गोलको बराबरीमा सकिएको थियो भने सन् १९९० मा भने डेविड प्लाटले अतिरिक्त समयमा गरेको गोलसँगै इंग्ल्यान्ड २–१ ले विजयी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया