कार्टुनिस्टका कुरा : पावरवालाको व्यङ्ग्य गर्न ‘रिस्क’ नै हुन्छ (भिडियो सहित )

हरेक दिन बिहानै हाम्रो ढोका ढकढकाउन आइपुग्ने पत्रिकाको एउटा सानो अंश हो ‘कार्टुन चित्र’ ।

कार्टुन चित्रलाई ‘हाँसमोला’ भन्दा फरक नपर्ला ।

पत्रिकामा भएका पट्यार लाग्दा समाचारलाई डाइजेस्ट गर्न मद्दत गर्ने मनोरञ्जनको सानो ‘डोज’ हो यो ।

यही ‘हाँसमोला’ को डोजलाई प्रत्येक दिन हामीलाई दिन्छन्, कार्टुन चित्रकारले । अर्थात् कार्टुनिष्ट । 

कुनै दमदार कार्टुन पत्रिकामा हेर्दा हामीहरुमध्ये धेरैले सोच्छौँ कि यो दमदार कार्टुन बनाएर हँसाउने मान्छे आफू चाहिँ हाँस्छ होला की हाँस्दैन होला ? या अर्को दिनको लागि कार्टुन सोच्न थालिसक्छ की ?  हामीले कार्टुनिष्ट रवि मिश्रसँग १५ मिनेट माग्यौँ । 

***

विगत १३ वर्षदेखि अनवरत रुपमा मनोरञ्जनको ‘डोज’ सप्लाई गरेर पाठकलाई मनोरञ्जन दिइरहेका छन् कार्टुन चित्रकार रवि मिश्रले ।

उनका कार्टुनले पट्यार लाग्दो परिस्थितिमा अलमलिएका सबैलाई पेट मिचीमिची हँसाउने क्षमता राख्छन् ।

नयाँ पत्रिकाको लागि कार्टुन चित्र बनाउने रवि, आफै भने गम्भीर स्वभावका छन् ।

कम बोल्ने । बोल्दा कम हाँस्ने । 

अरुलाई हँसाउने व्यक्ति आफै किन गम्भीर ? 

‘हाँस्यव्यङ्ग्य गर्ने मान्छे गम्भीर नै हुन्छन् प्राय । व्यङ्ग्य त्यसै हुँदैन । यसका लागि धेरै सोच्नुपर्ने हुन्छ ।’ उनी बताउँछन् ।

कतिपय मिडिया हाउसमा सम्पादकहरुले नै कुन विषयमा कार्टुन बनाउने भनेर निर्देशन दिइरहेका हुन्छन् । तर रवि भने हरेक दिन आफै नयाँ विषयवस्तुमा आधारित भएर चित्र कोर्छन् ।  

हरेक दिन नयाँ र ताजा विषयवस्तु दिनुपर्ने भएकाले उनी सधैं समाचार हेर्छन् । समसामयिक घटना र परिवेशसँग अप–टु–डेट पनि भइरहन्छन् । अनि त्यसैलाई आफ्नो चित्रमा उतार्छन् ।

हुन त नेपालमा हरेक दिन, हरेक क्षण केही न केही घटना भइरहेका हुन्छन् ।

त्यसैले रवीलाई प्राय विषयवस्तुको अभाव हुँदैन । ‘कहिलेकाहीँ धेरै वटा ईश्यु भएर कुन लिउँ भन्ने दुविधा चाहिँ हुन्छ ।’ हाँस्दै उनले सुनाए । 

राजनीतिक दलको विवाद, सरकारका अपरिपक्व निर्णय, नेताहरुको सत्तामोह, दुर्घटना आदि । कार्टुन चित्र बनाउनलाई पर्याप्त छन् यी विषय । त्यसैले रवीलाई प्राय विषयवस्तुको अभाव हुँदैन ।

‘कहिलेकाहीँ धेरै वटा ईश्यु भएर कुन लिउँ भन्ने दुविधा चाहिँ हुन्छ ।’ हाँस्दै उनले सुनाए । 

कुनै घटना नै नपाएको अवस्थामा भने उनले सडक, खानेपानी, यातायात आदिजस्ता समसामयिक सामाजिक परिवेशलाई नै आफ्नो विषयवस्तु बनाउने गरेका छन् । 

जस्तोसुकै अवस्थालाई पनि हाँस्यव्यङ्ग्य तर्फ मोड्न सक्ने रवि पत्रिका पढ्दा सर्वप्रथम कार्टुन नै हेर्ने गर्छन् । कहिलेकाहीँ आफूले बनाएको भन्दा अरुले बनाएको कार्टुन मनपर्छ उनलाई । ‘मैले चाहिँ किन यो एंगलबाट सोच्न सकिन जस्तो पनि लाग्छ ।’ उनले अनुभव बाँडे । 


प्रचलित, पावरमा भएका व्यक्तिहरुलाई पनि व्यङ्ग्य गर्नु पर्ने भएकाले यो काम अलिकति 'रिस्की' नै हुन्छ । तर रविले अहिलेसम्म धम्की वा आपत्तिजनक प्रतिक्रिया झेल्नुपरेको छैन । यद्यपी, कहिलेकाहीँ पाठकले आफ्नो चित्रको गलत अर्थ लगाएर आलोचित चाहिँ हुनुपरेको छ, उनले ।

व्यङ्ग्य गर्नु पर्ने भएकाले अलिकति 'रिस्की' नै हुन्छ । तर रविले अहिलेसम्म धम्की वा आपत्तिजनक प्रतिक्रिया झेल्नुपरेको छैन । यद्यपी, कहिलेकाहीँ पाठकले आफ्नो चित्रको गलत अर्थ लगाएर आलोचित चाहिँ हुनुपरेको छ, उनले ।

अरुको लागि समस्या बनेका कुराहरु नै कार्टुन चित्रकारका लागि अवसर बन्ने गर्छन् ।

तर यदि देशमा राजनीतिक अस्थिरता, सामाजिक समस्या सुल्झिँदै जाने हो भने कस्तो विषयमा चित्र बनाउने ?
‘अहिले पो समस्या मात्रै धेर छन् त्यसैले हामीले दिने विषयवस्तुमा नकारात्मक कुराहरु नै हावी भइरहेका छन् । तर सकारात्मक विषयलाई लिएर पनि मज्जाले व्यङ्ग्य गर्न मिल्छ ।’ केही मुस्कुराउँदै उनले थपे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?