काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावास र त्यहाँको प्रसिद्ध पर्यटकीयस्थल फुकेतमा अवस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासले संयुक्त रुपमा बिहीबार फुकेतमा व्यापार तथा पर्यटनका प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ग–यो ।
नेपालमा व्यापारका अवसर शीर्षकमा आयोजित उक्त कार्यक्रममा थाइल्याण्ड सरकारका अधिकारी, व्यापारी, सञ्चारकर्मी, यात्रा व्यवसायी तथा फुकेतमा बसोवास गर्दै आएका नेपाली समुदायका प्रतिनिधि सहभागी भएका बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपालको प्रकृति, संस्कृति, पर्यटकीय क्षेत्र, पदमार्ग, व्यापार–व्यवसाय र लगानीको वातावरणबारे विस्तृत जानकारी दिएका थिए ।
अवैतनिक वाणिज्यदूत प्रानी साकुलपिपातनाले लुम्बिनीलगायत नेपालका पर्यटकीय आकर्षणका केन्द्रबारे जानकारी दिँदै पर्यटकलाई नेपाल भ्रमण गराउन तथा थाई नागरिकलाई लगानी गर्न आग्रह गरे।
नियोग उपप्रमुख जंगबहादुर गुरुङले लगानीकर्तालाई नेपाल सरकारले उपलब्ध गराउने प्रतिफल र प्रोत्साहन, लगानीका निम्ति कानूनी व्यवस्थाबारे जानकारी दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया