अभिनेत्री प्रियंका कार्की बनिन् प्रियंका देशराज, इन्गेजमेन्टसँगै बिहे पक्का

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगले गुपचुप रुपमा इन्जेजमेन्ट गरेका छन् । शनिबार प्रियंका र आयुष्मानले   आफन्त र निकटस्थहरुको सहभागितामा इन्जेगमेन्ट  गरेका हुन् ।   यो सँगै कार्की अब प्रियंका देशराज बन्ने भएकी छिन् ।

ईन्गेजमेन्टको फोटो पूर्व मिस नेपाल जेनिशा मोक्तानले सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानका बीच इन्गेजमेन्ट भएपनि   बैबाहिक कार्यक्रम भने अर्को वर्ष हुने बताइएको छ ।

अहिलेकी निकै व्यस्त र चर्चित नायिका प्रियंका र नायक आयुष्मान करीब २ वर्षयता रिलेसनमा रहेको  बताइन्छ ।  उनीहरु पछिल्लो समय औपचारिक कार्यक्रममा सँगै देखिँदै आएका थिए भने सम्बन्ध पनि स्वीकार्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?