रसिया। बेल्जियमले जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।
सेन्ट पिटर्सबर्गमा शनिबारराति भएको तेस्रो स्थानको प्लेअफ खेलमा बेल्जियमले पूर्वविश्व च्याम्पियन इंग्ल्याण्डलाई दुई—शुन्य गोल अन्तरले पराजित गर्दै स्थान हात पारेको हो ।
बेल्जियमका लागि थोमस म्युनियरले खेल शुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।
म्युनियरले गोल गरेपछि निकै आक्रामक बनेको इंग्ल्याण्डले खेलको पहिलो हाफसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।
पहिलो हाफसम्म एक—शुन्य गोलले अगाडी रहेको बेल्जियमले दोस्रो हाफको ८२ औं मिनेटमा इडेन हजार्डको गोलमार्फत खेलमा दुई—शुन्य गोलको अग्रता बनायो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा कप्तान ह्यारी केनको नेतृत्वमा रहेको इंग्ल्याण्डले खेल अबधिभर गोल गर्न असफल भयो ।
जितसँगै बेल्जियमले २१ औं संस्करणको विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ भने इंग्ल्याण्ड चौथो भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया