नदीबाट दाउरा निकाल्न खोज्दा नारायणीले बगायो

नवलपरासी : नदीबाट दाउरा निकाल्न खोज्दा नारायणी नदीको बहाबमा फसेर एक बालक बेपत्ता भएका छन् ।

पश्चिम नवलपरासीको सुस्सा गाउँपालिका-५ स्थित बलिनगर बस्ने १२ बर्षीय विशाल कुर्मीलार्इ नारायणीले बगाएको हो । 

हाल बालकको खोजी भर्इरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?