एजेन्सी: बेलायती प्रधानमन्त्री टेरिजा मेले आफ्नो कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई युरोपेली युनियनबाट अलग हुने प्रस्ताव ब्रेग्जिटलाई जोखिम नहाल्न आग्रह गरेकी छिन् ।
उनले पार्टीका केही सदस्यहरूले ब्रेग्जिटलाई जोखिममा हाल्न लागेकोमा सचेत गराउँदै यस्तो भनेकी हुन् ।
बेलायती प्रधानमन्त्री मेले व्यापार गरिएका वस्तुहरूका लागि युरोपेली युनियनसँग एक साझा निर्देशिकाको प्रस्ताव गरेकी छिन् ।
त्यसलाई ब्रेग्जिट ह्वाइट पेपर(श्वेत पत्र) भनिएको छ । त्यस श्वेत पत्र प्रति केही ब्रेग्जिट चाहने लीभ क्याम्पेनका सदस्यहरू असन्तुष्ट छन् ।
उनले आइतबार मेलमा लेख्दै मेले देशका जनतालाई उनीहरूको पुरस्कारमाथि आँखा राखि राख्न आग्रह गरेकी छिन् ।
उनको यो सन्देश आगामी साता व्यापार र भन्सार नीति सम्बन्धी विषयमा हुन लागेको मत्वपूर्ण मतदान अघि सार्वजनिक भएको हो ।
मेको कन्जरभेटिभ पार्टीको युरोपियन रिसर्च ग्रुपका केही सदस्यहरूले उनको योजनालाई ध्वस्त पार्न विधेयकमा संशसोधन गराउन चाहेका छन् ।
मेको ह्वाइट पेपरका कारण मेको क्याबिनेट मन्त्रीहरू बोरिस जानसन र डेभिड डेभिसको राजीनामा सार्वजनिक भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ब्रेग्जिट प्रस्तावले अमेरिकासँगको व्यापार सम्झौतालाई ध्वस्त पार्ने टिप्पणी गरेका थिए ।
तर त्यो टिप्पणीको केही घन्टा पछि ट्रम्पले बेलायत र अमेरिकीबीचको व्यापार सम्झौता हुन सक्ने बताएका थिए ।
मेले ह्वाइट पेपरको कुनै विकल्प आफूले नदेखेको र यस सम्बन्धी विधेयकको विरोधमा हुने मतदानले आराजकता निम्त्याएर ब्रेग्जिटलाई ध्वस्त पार्ने बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया