तनहुँ जलविधुत अायोजनाको ठेक्का सिनो हार्इड्रो र सिएमसीलार्इ

काठमाडाैं : तनहुँ हार्इड्रो (१ सय ४० मेगावाट) को निर्माण ठेक्का चीनको सिनो हार्इड्रो र र्इटालियन निर्माण कम्पनी सिएमसीले पाएको छ ।

तनहुँको व्यास-७ मा निर्माण हुने यो अायोजनाको ड्याम सार्इड निर्माण (प्याकेज १) सीएमसी र जलविधुत उत्पादन गृह -पावर हाउसको काम (प्याकेज २) सिनो हार्इड्रोलार्इ दिर्इएको हो ।

केही हप्ताभित्रै निर्माण कम्पनीसँग अायोजनाको सिभिल निर्माणका लागि सम्झाैता हुने तनहुँ हार्इड्रोले जानकारी दिएको छ । ठेक्का शर्तअनुसार ठेक्का पाएका कम्पनीले ९० दिनभित्र निर्माण अघि बढार्इसक्नुपर्छ ।

यो अायोजना सन् २०२२ भित्र सम्पन्न गरि विधुत उत्पादन गर्ने सरकारको लक्ष्य छ । अायोजनाको कूल लागत ५० अर्ब रूपैयाँ लाग्ने अनुमान छ । अायोजनाले लागत जुटार्इसकेको छ ।

हालसम्म ६५ करोड रूपैयाँभन्दा बढि रकम मुअाब्जाबापत स्थानीयबासीलार्इ वितरण भर्इसकेको अायोजनाले जानकारी दिएको छ ।

यस्तो बन्नेछ अायोजना : 

तनहुँ हार्इड्रोपावरको पाउरहाउस जमिनमुनि नै बनार्इनेछ । जलाशययुक्त यो अायोजनाको तालको लम्बार्इ करिब १८ किलोमिटरर सुरूङ १ हजार २ सय मिटर लम्बार्इको हुने नेपाल विधुत प्राधिकरणको प्राविधिक डिजार्इनमा उल्लेख छ ।

यो अायोजनाले ३८७.५३ वर्गकिलोमिटर क्षेत्रफल अोगट्नेछ । १ सय ४० मिटर उचार्इको कंक्रिट ग्याभिटी बाँध रहने यो अायोजनाको उचार्इ समुन्द्री सतहबाट ४ सय १५ मिटर छ ।

यो अायोजनाबाट उत्पादित विधुत ३९ किलोमिटर लामो र २ सय २० किलोभोल्ट क्षमताको प्रसारणलार्इमार्फत चितवनस्थित भरतपुर सवस्टेशनमा जोडिने प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?