देउवाको गृहजिल्लामा पानीले नै भत्कायो कभर्डहल

डडेल्धुरा : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा लगातारको बर्षा थेग्न नसकेर कभर्डहल नै भत्किएको छ । 

अमरगढी-४, खलंगामा रहेको कभर्डहल भत्किएको हो । यो कभर्डहल ३४ बर्षअघि नै निर्माण भएपनि मर्मतसम्भार अभावमा जीर्ण बनेको थियो । 

जिल्ला खेलकुद विकास समितिले जिल्लामा रहेको एकमात्र कभर्डहल मर्मतका लागि बारम्बार बजेट माग गरेपनि सरकारले ध्यान दिएको थिएन । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश सरकारलार्इ मर्मतका लागि अावश्यक रकम अनुमानसहित बजेट व्यवस्था गरिदिन अाग्रह गरेपनि कुनै वास्ता नगरिएको समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरले जानकारी दिए ।

अमरगढी नगरपालिकालार्इ ममर्तका लागि अाग्रह गरेपनि वेवास्ता गरिएको स्थानीयबासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?