नुवाकोटको बट्टारमा महाकवि देवकोटको शालिक

नुवाकोट : यहाँको बट्टार बजारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक स्थापना गरी शनिबार अनावरण गरिएको छ ।

विदुर नगरपालिका–४ बट्टारको हावाघर चोकमा स्थापना गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटको अर्धकदको शालिक अनावरण गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यसबाट जिल्लामा साहित्यिक गतिविधि अघि बढाउन र नयाँ पुस्तालाई सिर्जना क्षेत्रमा सक्रिय हुन उत्साह मिल्ने बताए ।

नगरपालिकाका उपप्रमुख गीता दाहालले नगरपालिकाले साहित्यकारका शालिक मात्र स्थापना नगरी नगर भित्रका स्रष्ट्राहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइने बतार्इन्। उक्त नगरपालिका–४ को रु ४ लाख लागतमा साँघुरिँदै गएको बट्टार बजारको केही खुला स्थानमा रहेको हावाघर क्षेत्रमा शालिक स्थापना गरिएको विदुर नगरपालिका–४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?