जीडीपीमा भारत उक्लियो फ्रान्स ओर्लियो

एजेन्सी : विश्व बैंकको नयाँ प्रतिवेदन अनुसार आर्थिक शक्ति समूहका देशहरूमा भारत एक स्थान माथि उक्लिएको छ भने फ्रान्स ओर्लिएको छ ।

भारत ६टौं स्थानमा उक्लिएको  छ भने फ्रान्स ७औंमा झरेको छ ।

सो सूची अनुसार भारतका अगाडि बेलायत, जर्मनी, जापान, चीन र अमेरिका रहेका छन् ।

विश्व बैंक २०१७को प्रतिवेदन अनुसार भारतको कुल घरेलु उत्पादन अर्थात जीडीपी २.५९७ ट्रिलियन अमेरिकी डलर थियो भने फ्रान्सको २.५८२ अमेरिकी डलर रहेको  उल्लेख गरिएको छ ।

भारतको जनसंख्या १ अर्ब ३४ करोड छ । यो दुनियाँको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा बन्ने बाटोमा छ । फ्रान्सको जनसंख्या ६ करोड ७ लाख जति छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको प्रतिवेदन अनुसार एक दशक अघि भारतको कुल गार्हस्थ्य उत्पादन फ्रान्सको आधाजति मात्र थियो ।

तर भारतको जीवनस्तर फ्रान्सको तुलना हुनै नसक्ने देखिन्छ ।

भारतको प्रतिव्यक्ति आया १९४० अमेरिकी डलर छ भने फ्रान्सेली नागरिकको औसत आय ३८४७७ अमेरिकी डलर छ ।

यो भारतको भन्दा दोब्बर भन्दा बढी छ ।

यो सूचीमा अमेरिका पहिलो स्थानमा छ ।

अमेरिकाको प्रतिव्यक्ति आय ५९५३२ अमेरिकी डलर बराबर छ। क्यानाडा दोस्रो ४५०३२, जर्मनी ४४४७०, चीन ८८२८ अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?