अन्तरिक्ष भ्रमणको भाडा ३ लाख अमेरिकी डलर

एजेन्सी : विश्वका सबैभन्दा धनी अर्बपति जेफ बिजोसले अन्तरिक्षको भ्रमण गराउन ३ लाख अमेरिकी डलरको भाडा लिने भएका छन् ।

बिजोसको रकेट कम्पनी ब्लु ओरिजिनले एक अन्तरिक्ष ट्रिपका लागि ३ लाख अमेरिकी डलर लिने जनाएको छ ।

वासिंटनको केन्टमा प्रधानकार्यालय रहेको यो अन्तरिक्ष पर्यटन कम्पनीले  अन्तरिक्ष भ्रमणका लागि टिकट खुला गर्ने भएको छ ।

यो टिकट २ लाख देखि ३ लाख अमेरिकी डलर बीचको हुने सम्बद्ध स्रोतले जनाएको छ ।

यो वर्षको शुरूमा ब्लु ओरिजनले ६ सिटभएको यो अन्तरिक्ष यानको पहिलो उडान सन् २०१८मा हुने जनाएको थियो ।

विज्ञहरूका अनुसार अन्तरिक्ष भ्रमणका लागि यो टिकट मुल्य त्यति महँगो छैन् ।

विश्लेषक म्याक्रो क्यार्ससले यो रकममा अन्तरिक्ष भ्रमण गराए कम्पनीलाई करोर्डौ घाटा लाग्ने बताए ।

ब्लु ओरिजनको प्रतिस्पर्धी कम्पनी सर रिचार्ड ब्रान्सनको भर्जिन गलाक्टिकले ६५० टिकट २ लाख ५० हजार अमेरिकी डलरको दरमा बेचेका बुझिएको छ ।

ब्लु ओरिजनले अर्को वर्षदेखि टिकट काट्न शरू गर्ने अपेक्ष गरिएको छ ।

बिजोसले अन्तरिक्ष भ्रमणको टिकटको मूल्य अहिले नतोकिएको बताएका छन् ।

तर ब्लु ओरिजनका कामदारका अनुसार यो टिकटको मूल्य २ लाख र ३ लाखबीच हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?