सरकारसँग नभर्इ नेतासँग वार्ता गर्दै डा. केसीका मध्यस्थकर्ता

काठमाडाैं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६ दिनदेखि जुम्लामा अनसनरत डा. गोबिन्द केसीका मध्यस्थकर्ताले सरकारसँग नभर्इ सत्तारूढ दलका नेतासँग कुराकानी गरिरहेको छन् । 

केसीको अनसन प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मिसिएपछि राजनीतिक विवाद बढिरहेका बेला केसीका सहयोगी अभिषेकराज सिंहले सत्तारूढ (ने.क.पा.) का प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' सँग केसीको अनसनबारे कुरा गरिरहेको स्रोतले जानकारी दियो ।
 

श्रेष्ठले अहिले शिंहलगायत केसीका विश्वासपात्र र समर्थकहरूसँग अनसन तोड्नेबारे कुराकानी गरिरहेको बतार्इएको छ । सरकारले वार्ताका लागि अाब्हान गरेपनि अनसनरत केसीले चिकित्सा शिक्षा विद्येयक बिना संशोधन स्वीकृत गर्नुपर्ने, स्वास्थ्यसेवालार्इ सर्वसुलभ बनाउनुपर्ने र यस क्षेत्रमा राजनीतिकरण अन्त्य हुनुपर्ने माग राख्दै वार्ता गर्न अस्वीकार गर्दै अाएका छन् । 

ने.क.पा. का नेतासँगको वार्ताका क्रममा केसीका समर्थकहरूले सरकारले वार्ताका लागि वातावरण बनाउनुपर्ने माग राखेका छन् । केसीको स्वास्थ्यस्थिती कमजोर बन्दै गएपछि सरकारले बल प्रयोग गरेरै भएपनि उपचारका लागि काठमाडाैं ल्याउने तयारी गरेको छ । 

केसीको जीवनरक्षाका लागि सरकारले वार्ता भन्दा पनि बल प्रयोग नै गर्न खोजेपछि अाज (अार्इतबार) बेलुकीसम्म सरकारलार्इ वार्ता टोली गठन गर्न अाग्रह गर्ने र केसीलार्इ उपचारका लागि काठमाडाैं ल्याउन समर्थकहरूले अाग्रह गरेको बुझिएको छ । सम्भवत : सरकारले अाजै केसीलार्इ उपचारका लागि काठमाडाैं ल्याउन वार्ताको अाब्हान गर्नेछ । 

ने.क.पा. का प्रवक्ता श्रेष्ठसँग समर्थकहरूले कुराकानी गरेपनि केसीले सरकारका प्रस्तावहरू नमानिरहेको बतार्इएको छ । अाफुले वार्ताको पहल गरेको बतार्इरहेका श्रेष्ठले नै केसीको मागबमोजिम चिकित्सा शिक्षा विद्येयक हुबहु स्वीकृत हुन नसक्ने बताएका छन् । 

तत्कालीन शेर बहादुर देउवाले चुनावी प्रयोजनका लागि राजनीतिक सहमति बिना नै अध्यादेश ल्याएको श्रेष्ठले बताएको केसीका एक समर्थकले जानकारी दिए । 

मेडिकल माफिया र कलेज सञ्चालकको स्वार्थमा बाँधिएको भनिएको सरकारले हुबहु विधेयक पास गर्न नमानेपछि अहिले माथेमा कार्यदलको प्रतिवेदनका अाधारमा छलफल गर्नेगरि केसीको अनसन अन्त्य गर्ने बिषयमा कुराकानी भर्इरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?