ब्रिटिश गोर्खा सैनिक सेवामा महिलालाई पनि अवसर

काठमाडौं । ब्रिटिश गोर्खा सैनिकमा नेपाली महिलाहरुका लागि पनि बाटो खुलेको छ । वेलायत सरकारले ब्रिटिश गोर्खा सैनिकमा नेपाली महिलालाई पनि भर्ना गर्ने तयारी गरेको छ ।

नेपाल र बेलायतबीचको करीव दुईसय वर्ष लामो इतिहास कायम भएसंगै वेलायती सेनामा गोर्खाहरुको आवद्धता पनि त्यतिनै वर्ष पुरानो छ । यसअघि ब्रिटिस सेनामा पुरुषहरुले मात्र अवसर पाउदै आएका थिए । 

वेलायतको चर्चित मिडिया सण्डेटाइम्सका अनुसार, सन् २०१९ बाट  ब्रिटिश गोर्खामा महिला सैनिक भर्ना शुरु हुने उल्लेख छ । करीव तीनहजार महिला भर्ना गर्ने तयारी गरेको छ । 

अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ने तयारी भइरहेको छ ब्रिटिस सैनिक अधिकारीलाई उद्धृत गर्दै सण्डेटाइम्समा  भनिएको छ, तालिम भने सन् २०२० को बसन्त ऋतुबाट सुरु हुने छ ।

तर, पुरुष र महिलाहरुबीचको भर्ना छनोट प्रक्रिया र तालिममा भने  कुनै फरक नहुने जनाइएको छ । निकै कठिन र चूनौतिपूर्ण मानिएको ब्रिटिश गोर्खा सैनिकमा भर्ना तथा तालिम प्रक्रिया महिलाहरुले पार गर्नु पर्ने छ । 

महिलाले करीव २५ किलो बालुवाको भारी बोकेर उकाली ओराली ४८ मिनेटमा सहजै रुपमा दौडन सक्नु पर्ने हुन्छ ।  ब्रिटिस गोर्खा सैनिक सेवा चूनौतिपूर्ण भएपनि तलवसेवा र भत्ता सुविधा निकै आकर्षक हुन्छ । त्यसकारण नेपाली युवाहरुको आकर्षण बढी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?