२ हजार वर्ष अघि प्रयोगमा रहेको मदिरा पिउने प्राचीन काठे कचौरा फेला

एजेन्सी : स्कटल्यान्डका पुरातत्वविद्हरूले २ हजार वर्ष अघि प्रयोगमा रहेको मदिरा पिउने प्राचीन काठे कचौरा फेला परेको छ ।

ओर्किनेस्थित एक भूमिगत घरमा ढुंगे युगमा मदिरा पिउने कचौरा फेला परेको हो ।

यो भूमिगत घरमा ढुंगाको पर्खाल लगाइएको पाइएको छ । यसमा गुप्त भ-यांग बनाइएको छ ।

यो घर पहिलो र दोस्रो शताब्दीको मध्यतिर छाडने बेलामा यसलाई बन्द गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

यो काठको कचौरालाई अनुसन्धानकर्ताहरूले केन्र्स कग नाम दिएका छन् ।

परम्परागतरूपमा काठको भाँडोमा पिइने मदिराको रूपमा  कग लाई बुझिन्छ ।

 ओर्किनेमा काठको भाँडोमा विवाहको अवसरमा मदिरा पिउने र बाँडने चलन रहेको छ ।

यो कचौराको व्यास १२ इन्चको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?