जथाभावी बाटो काटे २ घण्टा ट्राफिकको प्रवचन सुन्नुपर्ने

काठमाडाैं : सवारीसाधन गुडिरहेको व्यस्त सडक पार गर्न बनार्इएको जेब्रा क्रस र अाकाशेपूलबाट छाडेर जथाभावी बाटो काट्नेले अब सडक पेटीमा उभिएर २ घण्टासम्म ट्राफिक प्रहरीको प्रवचन सुन्नुपर्ने भएको छ । 

महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलार्इ सचेत गराउन १२ जना प्रहरी निरीक्षकलार्इ जुनियर अधिकृतसहित उपत्यकाका जेब्रा क्रस र अाकाशेपूल भएका स्थानमा खटाउँदैछ । 

यो टोलीले जथाभावी बाटो काटिरहेकाहरूलार्इ बीच सडकबाटै समातेर फुटपाथमा ल्याउनेछ र त्यही उभ्याएर राख्नेछ । त्यसपछि बिहान १ देखि ११ र दिउँसो ४ देखि ६ बजेसम्म सडक र यात्रु सुरक्षाबारे प्रशिक्षण दिनेछ । 

यो अभियानलार्इ तीब्र बनाएपछि काठमाडाैंका पैदल यात्रुहरूले जेब्रा क्रस र अाकाशेपुलबाट मात्रै बाटो काट्ने ट्राफिक प्रहरीले दाबी गरेको छ । 

हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, ठिमी र नयाँ बसपार्क लगायतका सडकमा आकाशेपुल सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?