६३ करोडको अार्इपीअो प्रस्तावसहित रिलायन्सको साधारणसभा हुँदै

काठमाडाैं : ६३ करोड रूपैयाँ बराबरको साधारण शेयर (अार्इपीअो) जारी गर्ने प्रस्तावसहित अाज (अार्इतबार) बिमा क्षेत्रको रिलायन्स लार्इफ र्इन्स्योरेन्सको साधारणसभा बस्दैछ । 

पाँचतारे होटल सोल्टी क्राउन प्लाजा, ताहाचलमा बिहान ११ बजेदेखि साधारणसभा शुरू भएको छ । साधारणसभामा ६३ करोड रूपैयाँ बराबरको अार्इपीअो जारी गर्ने प्रस्ताव पेश हुँदैछ । 

हाल २ अर्ब १० करोड जारी पूँजी रहेको रिलायन्सले यसको ३० प्रतिशत रकम बराबर हुन अाउने अार्इपीअो सर्वसाधारणलार्इ बेच्न लागेको हो । 

साधारणसभामा सञ्चालक समितिको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका एजेन्डा पनि पेश गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?