५सय वर्ष अघि मारिएका दुई बेलायती राजकुमारको हत्यारा पत्ता लगाउने डीएनए

एजेन्सी :वंशको अध्ययन गर्ने वैज्ञानिक (जेनेटिकिस्ट)हरूले ५ वर्षअघि हत्या गरिएका दुई बेलायती राजकुमारका हत्याराको पत्ता लगाउन एक डीएनएको खोजी गरेका छन् ।

सन् १९८३मा लन्डन टावरमा तत्कालीन बेलायती राजा रिचार्ड तृतीयले दाजुका दुई छोराको हत्या गरेको विश्वास गरिएको छ ।

तर वास्तवमै उनले भतिजहरूको हत्या गरे भन्ने विषयको विश्वासिला आधार भने छैन् ।

यो विषयलाई समाधान गर्न वैज्ञानिकहरूले डिएनएको एक नमूना प्राप्त गरेका छन् ।

यो नमूना अहिले तिनका प्रत्यक्ष पुस्ताबाट लिइएको हो । इंगलिश ओपेरा सिंगर एलिजाबेथ रोबटर्सले यो नमूना दिएकी छिन् ।

राजकुमार एडवार्ड र रिचार्ड डयुक अफ योर्कको आमा पट्टीकी हजुर आमा ज्याकीट अफ लग्जम्बर्गकी १६ पुस्ताकी एजिलाबेथ रोबटर्स छिन् । 

इतिहासविद् फिलिपा लगलीले यो पुरानो समस्या समाधान गर्न मदत गर्ने बताए ।

टावर अफ लन्डनबाट दुईटा कंकाल फेला परेको छ ।

कंकालको डिएनए र प्राप्त गरेको डिएनए मिल्न गए  राजा रिचार्ड तृतीय दोषी हुने  सम्भवाना बढेर जाने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?