कारबेरले जितिन् विम्बल्डनको पहिलो उपाधि

इंग्ल्याण्ड। जर्मनीकी एन्जलीक्यु कारबेरले विम्बल्डन टेनिस च्याम्यिनसिपको उपाधि जित्न सफल भएकी छिन् । 

अल इंग्ल्याण्ड क्लबमा शनिबारराति सम्पन्न महिला एकलतर्फको फाइनल खेलमा जर्मनीकी कारबेरले पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सलाई दुई—शुन्यको सोझो सेटमा पराजित गर्दै उपाधी माथि कब्जा जमाइन् ।

सात पटकको च्याम्पियन सेरेनालाई हराउँदै कारबेरले खेल जिबनमा पहिलो पटक विम्बल्डन टेनिसको उपाधी जितेकी हुन् । कारबेरले सेरेनालाई खेलको पहिलो सेटमा ६—३ र दोस्रो सेटमा ६—३ ले हराएकी थिइन् । यो उपाधिसँगै कारबेरले तेस्रो ग्रान्डस्लामको उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।

उपाधिपछि कारबेरले वर्षैदेखिको सपना पूरा भएकोमा निक्कै खुशी भएको बताइन् । 

यसअघि कारबेरले सन् २०१६ मा अस्ट्रेलियन ओपन टेनिस र युएस ओपन टेनिसको उपाधि जितेकी थिइन । 

यता उपविजेतामा सिमित २३ औँ पटककी ग्राण्डस्लाम विजेता अमेरिकी सेरेनाले लामो समयपछि प्रतियोगिताको फाइनल आइपुग्नु नै ठूलो कुरा भएको बताइन् ।

‘खेलमा पराजित हुँदा दुखी भएकी थिए तर यो नै मेरो अन्तिम खेल होइन, आगामी च्याम्पियनसिपमा म पुनः पुरानै लयमा फर्कदै उपाधि जित्ने मेरो लक्ष्य रहनेछ।’ उनले भनिन् । 

छोरालाई जन्म दिएपछि सेरेनाले विम्बल्डनमा गरेको नै ठूलो कमब्याक हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?