काठमाडौंमा जापानिज अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताम्लेजुङका हमराज पौडेल, रामेछाप दोरम्बाका असुराम मोक्तान र रामेछाप लिखुका कृष्णबहादुर जोशी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले पुष्टि गरे ।

साथै प्रहरीले ५ राउन्ड गोली, एक थान जापानिज अटोमेटिक पेस्तोल र दुई थान म्यागेजिन बरामद गरेको बताइएको छ ।

तीनै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, ललितपुर बुझाइएको थापाले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?