यति सानो देश क्रोएसिया, कसरी पुग्यो विश्वकपको फाइलनमा ?

रसिया । अरु देशको तुलनामा निक्कै नै कम जनसंख्या भएको राष्ट्र क्रोएसिया कसरी विश्वकपको फाइनलसम्म पुग्यो भन्ने जिज्ञाशा धेरै मानिसको हुन सक्छ ।

मात्र चार मिलियन जनसंख्या भएको सानो देश फिफाले गर्ने सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको फाइनलसम्म कसरी पुग्न सक्छ, यो सबै फुटबलप्रेमी समर्थकहरुको चासोको विषय बनेको छ । क्रोएसिया सन् १९९४ मा फिफा वरियतामा १ सय २५ औँ स्थानमा रहेको थियो ।

त्यतिबेला नेपाली फुटबलको र्‍याङकिङ क्रोएसियाभन्दा मात्र २ स्थान तल थियो । नेपाल १ सय २७ औँ स्थानमा रहेको थियो । २४ वर्षको अन्तरमा क्रोएसिया २१ औँ संस्करणको उपाधिका लागि मैदानमा उत्रनै लाग्दा नेपाल भने एसिया कपमा पनि छनोट हुन सकेको छैन् ।

सन् १९५० मा ब्राजिलको रियो दि जेनोरियोमा सम्पन्न चौँथो संस्करणमा उरुग्वेले ब्राजिललाई हराउँदै उपाधि जितेपछि विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया मात्रै सानो देश हो । क्रोएसियाको जनसंख्या कुवेत र मौरीतानियाको जत्ति नै रहेको छ । 

क्रोएसियाका गोलरक्षक डोमिनिक लाइभकोभिक र मिडफिल्डर फिलिप ब्राडरिकले जारी विश्वकपमा आधा घण्टा भन्दा कम खेल खेलेका छन् ।

रसियामा जारी विश्वकपको फाइनलमा भिड्न लागेको यति सानो क्रोएसियाली टिमले धेरै उत्कृष्ट खेलाडीहरु कसरी उत्पादन गर्‍यो भनेर ब्रह्माण्डमा नै बहसको विषय बनेको छ । 
क्रोएसियाको पहिलो राष्ट्रपति फ्रान्जो टौजमनले टिमले विश्वकपमा गरेको प्रर्दशनबाट सन्तुष्ट रहेको बताए ।

साथै, खेलाडीहरुले क्रोएसियालाई विश्वमा नै चिनाएकोमा खुशी व्यक्त गरे । 

सन् १९९८ मा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई प्लेअफमा २—१ गोलले हराउँदै तेस्रो स्थान हात पारेको थियो । विश्वकपमा सहभागिता जनाएपनि खासै राम्रो नतिजा ल्याउन नसकेको क्रोएसियालाई अब विश्वले नै बलियो र प्रतिभाशाली खेलाडीले भरिपूर्ण राष्ट्रको नामबाट चिन्नेछ । 

खराब आर्थिक अवस्थाका कारण अधिकांश खेलाडीहरुले क्रोएसियन क्लबबाट फुटबल खेल्दैनन् । उनीहरुले इच्छा हुँदा हुँदै पनि आफ्नो राष्ट्रको क्लबबाट खेल्न असमर्थ रहेको बताएका छन् । 

क्रोएसियाका गोलरक्षक डोमिनिक लाइभकोभिक र मिडफिल्डर फिलिप ब्राडरिकले जारी विश्वकपमा आधा घण्टा भन्दा कम खेल खेलेका छन् ।

क्रोएसियाले उपाधि जितेको खण्डमा इतिहासमा खेलकुद सफलताको सबैभन्दा अनौठो घटना हुनेछ । 

केही महिना अघि क्रोएसियन फुटबल क्लबका प्रमुख जेड्रोको मोमिक डिनामो जाग्रेबमा अवैधानिक तरिकाले खेलाडी टान्सफर गरेको आरोपमा पक्राउ परेका थिए । कप्तान लुका मोड्रिकको नेतृत्वमा क्रोएसियाली टिम पहिलो पटक विश्वकपको उपाधि जित्दै इतिहास रच्ने दाउमा रहेको छ । 

नाइजेरिया विरुद्धको समूह चरणको पहिलो खेलका दौरान क्रोएसियाले प्रशिक्षक परिवर्तन गरेको थियो । अहिले क्रोएसियाली टिममा जाट्को डालिक प्रमुख प्रशिक्षकका रुपमा रहेका छन् ।

क्रोएसिया सन् १९९६ र सन् २००८ को युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा पुगेको थियो । फिफा र्‍याङकिङ अन्तर्गत यहि जुन ७ तारिखसम्म क्रोएसिया २० औँ स्थानमा रहेको थियो ।

इतिहास रच्ने दाउमा रहेको क्रोएसियाले आजराति पूर्व विश्व विजेता फ्रान्सको सामना गर्दैछ  । क्रोएसियाले उपाधि जितेको खण्डमा इतिहासमा खेलकुद सफलताको सबैभन्दा अनौठो घटना हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?