ढाड दुख्ने विरामीहरुमध्ये ६० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या

काठमाडौं । ढाड दुख्ने विरामीहरु मध्ये ६० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या रहने गरेको भेटिएको छ । अल्का अस्पताल र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले लमजुङको सुन्दर बजारमा गरेको निशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले ढाड दुख्ने विरामीहरु मध्ये ६० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या रहने गरेको पाइएको जानकारी दिइन् ।

सुन्दर बजारमा २ सय १५ जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिएकोमा २ जनामा मात्र पाठेघरको समस्या थिएन् । बाँकी सबैको पाठेघरमा घाउ देखिएको डाक्टर शर्माले जानकारी दिइन् । त्यसमा १५ जना जति महिलाहरुको पाठेघरमा जटिल प्रकारको घाउ देखिएको थियो ।

जाँचका क्रममा सानो र ठूलो गरी सबैको पाठेघरमा घाउ देखिएको छ, डाक्टर शर्माले भनिन् । गाउँ–घरमा जनचेतनाको कमीका कारण नै उनीहरुको पाठेघरमा घाउ भएको डाक्टर शर्माले बताइन् ।

डाक्टर शर्माका अनुसार निरन्तर ढाड दुख्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्छ,  योनी बाट फोहर पानी बग्ने, बगेको पानी धेरै गन्हाउने, योनी चिलाउने पाठेघरको क्यान्सरको लक्षणहरु हुन् ।

ढाड दुख्यो भनेर पेनकिलर खाने, नशा सम्बन्धि डाक्टरलाई देखाउने धेरै पाइएको छ, डाक्टर शर्माले भनिन् त्यो पाठेघरको क्यान्सरको लक्षण हो। त्यसैले नजिकको अस्पतालमा गएर पाठेघरको जाँच गर्नुपर्छ ।

पाठेघरको घाउ संक्रमण भएर नै पाठेघरको क्यान्सर हुने हो । यसलाई रोक्न सकिने चिकित्सकहरुले बताएका छन् ।

पाठेघरमा रोग लाग्न नदिन खानपिनमा ध्यान दिनु पर्ने डाक्टर शर्माले बताइन् । नेपालीले खाने खानामा बढी कार्बोहाइटेड मात्रहुने र प्रोटिन चाहिने उनले बताइन् । अण्डा, माछा, मासु ,गेडागुडी, दही, पनिरमा बढी प्रोटिन हुने उनले बताइन् । खानामा पनि सागसब्जीलाई बढी प्राथमिकता ध्यान दिनुपर्ने उनले बताइन् । उनले खानाको मात्र कम गर्न पनि आग्रह पनि गरिन् ।

डाक्टर शर्माले गोप्य अंगहरु सफाइमा पनि ध्यान दिए संक्रमण नहुने बताइन् । योनीहरु चिलाए डिटोल पानीले सफा नगर्ने र सफा पानीले मात्र सफागर्न उनले आग्रह गरेकी छिन् ।

कटनको अन्डर वेयर मात्र लगाउँदा राम्रो र सिन्थेटिकको अन्डरवेयर लगाउँदा योनी चिलाउने गरेको उनले सुनाइन् । महिनावारी भएको बेलामा सरसफाइमा बढी ध्यान दिनुपर्ने डाक्टर शर्माको सुझाव छ ।

महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्ने र प्याड चार चार घन्टामा फेर्नुपर्ने उनले बताइन् । गाउँघरमा महिनावारी हुदाँ कपडाहरु राख्ने हुदाँ त्यसले संक्रमण झन बढाउने डाक्टर शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?