उपरथी शाह सेनाको मध्य पृतना प्रमुखमा सरुवा

काठमाडौं । सेनाका उपरथी सुवर्णबहादुर शाहलाई आज दज्र्यानी प्रदान गरिएको छ । उनी नेपाल सरकारको निर्णय अनुसार हप्ता दिनअघि सहायकरथीबाट उपरथीमा पदोन्नति भएका थिए ।

सैनिक मुख्यालय भद्रकालीमा आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले शाहलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन । 

उपरथी शाहलाई सेनाको मध्य पृतना हेडक्वाटर मकवानपुर प्रमुख एवं पृतनापतिको जिम्मेवारी दिईएको छ । कार्यक्रममा सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?