फाइनल खेल खेलाउँदै रेफ्री नेस्टर पिटाना

रसिया । फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउँदै छन् । 

सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनल खेल पनि अर्जेन्टिनाका रेफ्री हेक्टर एलिजोन्डोले खेलाएका थिए । त्यतिबेला इटालीले फ्रान्सलाई टाइब्रेकरमा ५—३ गोलले हराउँदै उपाधि जितेको थियो । यसपटकको फाइनल खेल पनि अर्जेन्टिनी रेफ्रीले नै खेलाउन लागिएको हो ।

४३ वर्षीय रेफ्री पिटानाले समूह चरणको रसिया र साउदी अरेबियाबीचको पहिलो खेल खेलाएको थियो । साथै उनले उरुग्वे र फ्रान्सबीचको क्वार्टरफाइनल खेल गराएका थिए भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि खेलाएका थिए ।  

आइतबारराति हुने फाइनल खेलमा पिटानाका साथै एसिस्टेन्ट रेफ्रीहरु हर्नान मेइडाना र जुआन बेलेट्टीका साथै चौथो अधिकारीको रुपमा ब्जोर्न क्वीपर्स पनि रहने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?