काठमाडौं । पछिल्लो समय विवाहका खबरले निकै चर्चामा रहेका पात्र हुन् बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट । निकै लामो समयदेखि उनीहरुको विवाहको खबरले सामाजिक सञ्जाल तातेको थियो ।
तर अब रणवीर र आलियाको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । उनीहरुले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रणवीर र आलियाको विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ भने अप्रिल १८ मा मुम्बईमा स्वागत समारोह सम्पन्न हुनेछ। आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् ।
उनीहरुले विवाह समारोहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाएका छन् । यी दुईले सामान्य पञ्जाबी शैलीमा विवाह गर्न लागेका हुन् । विवाह चारदेखि पाँच दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया