रेफ्रीले कति तलब लिन्छ ?

रसिया । विश्वकप फुटबलको उपाधि जित्ने टिमले कति पुरस्कार राशी पाउँछन भन्ने सबैलाई थाहा छ । तर, विश्वकप फुटबल खेलाउने रेफ्रीले कति तलब लिन्छन्, यो सबैलाई थाहा नहुन सक्छ ।

रेफ्रीको भुमिका खेलका दौरान कति महत्वपूर्ण हुन्छ त्यो खेल्ने खेलाडी र टिमको प्रशिक्षकलाई मात्र थाहा हुन्छ । एक खेलाडीले रातो कार्ड पाउदा टिमलाई कत्ति प्रभाव पार्छ त्यो हामीले विश्वकप खेलका दौरान देखिसकेका छौँ । 

२१ औँ संस्करणको विश्वकपमा ३६ जना रेफ्री र ६३ जना सहायक रेफ्रीले खेल खेलाएका थिए ।

त्यस्तै, भिडियो एसिस्टेन्ड रेफ्री ‘भिआर’मा १३ रेफ्री रहेका थिए । ३६ जना रेफ्रीलाई समग्रमा ७० हजार अमेरिकी डलर दिइनेछ । त्यस्तै, हरेक खेल खेलाइए बापत ३ हजार अमेरिकी डलर थप दिइनेछ ।

त्यस्तै लाइन्स म्यानले २५ हजार डलर पाउछन् भने हरेक खेल खेलाइए बापत २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?