काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
चैत्र २९ गते जारी मिति तोकिएको उक्त ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यसरी जारी हुने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेका छन् ।
सो मध्ये आठ अर्ब र दुई अर्ब २५ करोड रुपैयाँ बराबरको टे«जरी पुरानो नविकरण अन्र्तगतको र पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार २८ गते, २०७९ असोज २५ गते र २०७९ चैत्र २८ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ । गत साता अर्थात यही चैत्र २१ गते पनि राष्ट्र बैकले ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया