काठमाडौं । आजदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को पाँचौं संस्करण सुरु भएको छ ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाण्डौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आजदेखि सुरु भएको हो ।
उक्त चलचित्र महोत्सव आउँदो २१ गतेसम्म चल्ने छ भने आज पहिलो दिन राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरिने छ ।
महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्र प्रदर्शन एवम् प्रतिस्पर्धा हुनेछ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
कोरोना महामारीका कारण नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले गएको वर्ष भर्चुअल रुपमा निफ आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया