काठमाडौं– विश्वकपको उपाधि फ्रान्सले जितेको छ । बेल्जियमलाई ४–२ ले पराजित गर्दैै फ्रान्स विश्व च्याम्पियन बनेको छ ।
मस्कोस्थित लुज्निकी रंगशालमा भएको खेलमा फ्रान्सले क्रोएशियालाई ४–२ ले पराजित गर्दै विश्व च्याम्पियन बनेको हो ।
फ्रान्सको जितमा क्रोएशियाका मारियोले आत्मघाती गोल गरे । उनले बल नियन्त्रणको प्रयास गर्दागर्दै १८ औं मिनेटमा आत्मघाती गोल गरेका हुन् । यस्तै फ्रान्सका एन्टोनिले ३८, पाउलले ५९ र कल्यानले ६५ औं मिनेटमा गोल गरे ।
क्रोएशियाका लागि इभान र मारियोले क्रमशः २८ औं र ६९ औं मिनेटमा गोल गरे ।
यसैबीच इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे ।
केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को जित निकाल्दा निर्णायक दुई गोल गरेका थिए ।
त्यस्तै, समुह चरणको दोस्रो खेलमा पाना विरुद्ध ले ह्याट्रिक गरेका थिए । सो खेलमा इङल्यान्ड ६–१ ले विजयी भएको थियो ।
क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध पनि उनले गोल गरेका थिए ।
प्रतियोगितामा एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, क्रिष्ट्रियानो रोनाल्डो, डेनिस चेरिसेभ र रोमेलु लुकाकुले समान ४–४ गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया