गतहप्ताको बाढी र पहिरोले भक्तपुरमा १२ करोड बराबरको क्षति

भक्तपुर : गत बुधबार र बिहिबार भएको भारी बर्षाले नदीकिनारका अधिकांश शहर चुर्लुम्मै डुबाएको भक्तपुरमा ११ करोड ९३ लाख ५० हजार १ सय २५ रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । 

अार्इतबार पत्रकार सम्मेलन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको जानकारी दिएका छन् । पहिरोका कारण चाँगुनारायणमा एकै परिवारका ३ जनाको मृत्यु भएको, डुबानमा फसेका ४ जना गम्भीर घार्इते रहेको, १ सडक, १ पुल, २ अस्पताल र २ विद्यालयमा क्षति पु-याएको डुबानमा ५ सय २२ र पहिरोमा १५ गरि ५ सय ३७ घर टहरामा क्षति पुगेको, २८ वटा उद्योग, १ सय ३३ वटा किराना पसल, कलकारखाना र पेट्रोल पम्प, होलसेल पसलमा क्षति पुगेको तथा  बाढीले ३७ वटा बंगुर र ८ सय २५ वटा कुखुरा बगाएको भट्टले बताए । 

विभिन्न क्षेत्रमा पुगेको क्षतिमध्ये कलकारखाना र पेट्रोल पम्पमा करिब ३ करोड ९३ लाख ९५ हजार १२५ रुपैयाँ, किराना, होलसेल पसलमाहरूमा करिब ४ करोड ४६ लाख १३ हजार रूपैयाँ, अस्पतालमा ३ करोड ४० लाख १६ हजार रुपैयाँ, चौपाया/पशुपंक्षीमा करिब १० लाख २६ हजार रुपैयाँ र एक बोर्डिङ स्कूलमा ३ लाख रूपैयाँ क्षति पुगेको विवरणमा उल्लेख छ । 

बाढीबाट प्रभावित भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै करिब ३ करोड ४१ लाख ६१ हजार रूपैयाँ बराबरको क्षति पुगेको छ । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ६ करोड ९५ लाख १० हजार २५० रुपैयाँ, सूर्यविनायक नगरपालिका क्षेत्रमा २ करोड ७० लाख ९१ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकामा २३ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । सवैभन्दा बढि क्षति मध्यपुर ठिमी क्षेत्रमा भएको जिल्ला प्रशासनले जानकारी दिएको छ । 

अझै क्षतिको एकीन विवरण नअार्इसकेकाले हाल प्रहरी परिचालन गरि क्षतिको विवरण संकलन भर्इरहेका प्रजिअ भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?