अमेरिकाद्वारा आर्थिक नाकाबन्दी खुकुलो बनाउन युरोपेली युनियनले गरेको आग्रह  अस्वीकार

एजेन्सी : अमेरिकाद्वारा इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी खुकुलो पार्न युरोपेली युनियनको उच्च नेतृत्वले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

युरोपेली राष्ट्रहरूको एक पत्रबारे दिएको प्रतिक्रियामा अमेरिकाले इरानमाथि अधिकतम दबाब दिन चाहेको बताउँदै  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले उनीहरूले गरेको आग्रहलाई

अस्वीकार गरेको बताए ।

इरानमाथि लगाइएको नाकाबन्दी त्यतिखेर खुकुलो गरिन्छ जतिखेर त्यो अमेरिकाको राष्ट्रिय सुरक्षाको स्वार्थमा लाभ हुने अमेरिकाले जनायो ।

इरानमाथिको नाकाबन्दीबाट युरोपको अर्बौ अमेरिकी डलरको व्यापार डुब्ने आंशका छ । युरोपको अर्बौ अमेरिकी डलर बराबरको लगानी डुब्ने देखेरै अमेरिकाले नयाँ नाकाबन्दी लगाएको देखिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा सन् २०१५मा इरानसँग गरिएको परमाणु कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका फिर्ता भएको भन्दै इरानमाथि आर्थिक नाकाबन्दी लगाएको

घोषणा गरेका थिए ।

अमेरिकाले सम्झौताबाट फिर्ता भएपनि फ्रान्स, जर्मनी र बेलायतले त्यो सम्झौताको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तीन वर्ष अघि इरानसँग भएको त्यो अन्तर्राष्ट्रिय सम्झौता पछि युरोपका केही ठूला कम्पनीले व्यवसाय विस्तार गर्न इरान पुगेका थिए ।

सन् २०१७मा युरोपेली युनियनले इरानालाई १०.८ अर्ब युरो तदनुसार १२.९ अर्ब  अमेरिकी डलर बराबरको वस्तु तथा सेवाको निर्यात ग-यो ।

त्यसैगरी इरानबाट युरोपले १०.१ अर्ब युरो बराबरको आयात ग-यो ।

युरोपमा इरानबाट भएको यो आयात सन् २०१६को तुलनामा झनै दोब्बरले बढी छ ।

इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी लम्बिए  अमेरिकासँग युरोपेली युनियनका व्यापार सम्बन्ध ध्वस्त हुने देखेर युरोपेली व्यापारिक समुदाय चिन्तित छ ।

यो वर्षको शुरूमा युरोपेली युनियनले इरानसँगको व्यवसाय व्यापार बढाउने कार्यलाई निरन्तरता दिने गरी एक विधेयकलाई पुनर्जीवित गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?