एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ द इयर अवार्ड – २०२२’बाट सम्मानित

लोकपथ
56
Shares

काठमाडौं । व्यवस्थापनकर्मीहरूको सम्मानित एवं सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (MAN)ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘Manager of the Year Award – 2022’ बाट सम्मानित गरेको छ ।

आज चैत्र २६ गते राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘Manager of the Year Award-2022’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANs लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरूप्रति कृतज्ञता जाहेर गरे।

उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब  ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब रूपैयाँ पुगेको छ ।

त्यस्तै गरी निक्षेप संकलनतर्फ पनि  ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई  ३०० अर्ब रूपैयाँ पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पुस मसान्तसम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरूमध्ये उपरोक्त उपलब्धिहरू ऐतिहासिक हुन् । उल्लिखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्‍याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन उनको नेतृत्वमा बैंक सफल भएको छ ।

साथै, समस्त ग्राहक महानुभावहरू, सेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफललगायत अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त यस ‘Manager of the Year Award – 2022’ सम्मानले बैंकको सञ्चालक समिति, DNA Oversight Committee लगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

उनी सम्माननीय राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘Corporate CEO of the Year, 2078’ र Global Business Outlook (GBO) London af6 बाट ‘Banking CEO of the Year – Nepal 2021’ बाट समेत सम्मानित भएका थिए।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रूपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटाैँ ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?