जलमार्ग सञ्चालनको सम्भावनामा छलफल सुरु

काठमाडौँ- नेपालमा जलमार्ग सञ्चालनको सम्भवनाबारे नेपाल र भारतबीच छलफल सुरु भएको छ । जलयातायात सञ्चालनको सम्भावनाबारे कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि राजधानीमा सहसचिवस्तरीय छलफल सुरु भएको हो । बैठक सोमबारसम्म चल्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपालमा जल यातायात सञ्चालनको कामलाई अगाडि बढाउने गरी नेपाल र भारतबीच सहमति भएको थियो । सहमतिलाई कार्यान्वयनमा ल्याउन द्विपक्षीय छलफल सुरु भएको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणको बेला हिन्द महासागरबाट नेपालमा पानी जाहज सञ्चालन गर्ने विषयमा दुई मुलुकबीच सहमति भएको थियो ।
जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेले नेपालमा कसरी पानीजहाज ल्याउन सकिन्छ तथा नेपालका नदीमा जलमार्ग सञ्चालनको सम्भावनाबारे छलफल सुरु भएको जानकारी दिए । जलमार्ग सञ्चालनबारे नेपाल र भारतबीचको यो पहिलो बैठक होे । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?