वाणिज्य बैंकहरुको तत्कालको लागि एलसीको कारोबार नगर्ने

लोकपथ
182
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले तत्कालको लागि एलसी अर्थात प्रतीतपत्रको कारोबार नगर्ने भएका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर संघको आइतबार बसेको आकस्मिक बैठकले तत्कालको लागि एलसीको कारोबार नर्गने निर्णय गरेको हो ।

पछिल्लो समय विदेशी मुद्राको सञ्चिती घट्दै गएकाले नेपाल राष्ट्र बैंकले पनि अत्यावश्यक बाहेकका वस्तु तथा सेवा आयातमा एलसी नखोल्न सुझाव दिएसँगै वाणिज्य बैंकहरुले कम्तीमा एक हप्ताको लागि नयाँ एलसी खोल्ने कार्य स्थगन गर्ने घोषणा गरेका हुन् ।

संघका अनुसार यसरी स्थगित गरेको एलसी अत्यावस्यक वस्तु तथा सेवा बाहेकका बिलासिताका बस्तुहरुको हकमा मात्र लागु हुने छ । एलसी रोकिँदा विदेशबाट ल्याइने सामानहरुको आयात घट्ने विदेशी मुद्राको सञ्चिती बढने संघले जानकारी दिएको छ । यसले अर्थतन्त्रलाई केही सहज बनाउने विश्वास पनि संघले लिएको छ । यसैगरी संघले बैशाख महिनाभरीमा निक्षेपको ब्याजदरलाई स्थिर राख्ने समेतको निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?