विमान कम्पनी बोइंग अमेरिका चीन व्यापार युद्धबारे चिन्तित

एजेन्सी : अमेरिकी विमान र लडाकु विमान बनाउने कम्पनी बोइंगका प्रमुखले अमेरिका र चीनबीचको व्यापार युद्धबारे  गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बोइंगका प्रमुख कार्यकारी डेनिस मुइलनबर्गले भने “विमान कम्पनी स्वतन्त्र र खुला व्यापारमा विकासित हुन्छ ।”

अमेरिका र चीनबीच भइरहेको महशुल बढाबढको व्यापार युद्धले विमान बनाउने कम्पनीको उत्पादन लागत बढाउने चिन्ता व्यक्त गर्दै उनले यस्तो भनेका हुन् ।

उनले अमेरिका र चीन दुबैलाई महशुल बढाबढको व्यापार युद्ध छोडेर व्यापार विवादको वैकल्पिक उपाय खोज्नुपर्ने कम्पनीको चाहना भएको बताए ।

व्यापार युद्धले आपूर्ति शृंखलालाई असर गर्ने बताउँदै उनले  अमेरिका र चीन आपूर्ति शृंखलाका हरेक ठाउँमा रहेको र यसले दुबैलाई असर पर्ने बताए ।

फार्नबर्ग हवाई प्रदर्शनीमा पत्रकारहरूसँगको कुराकानीमा उनले आफ्नो विमान कम्पनीले गरेको आग्रहलाई अमेरिकाको राष्ट्रपति कार्यालय ध्यान दिओस भन्ने चाहेको बताए ।

यस सम्बन्धमा हामी चीन र अमेरिका दुबै सरकारसँग छलफलमा रहेको बताउँदै उनले भने “ हामी चाहन्छौं हाम्रा आग्रहलाई ध्यान दिइयोस ।”

साथै उनले यसको समाधान खोजिनेमा आफू आशावादी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?