कुमारीको लिलाम शेयरमा ‘कटअफ प्रार्इस’ करिब १७५ रूपैयाँ

काठमाडाैं : कुमारी बैंकले लिलामी अाब्हान गरेको सर्वसाधारणतर्फको प्रतिकित्ता शेयर मूल्य करिब १ सय ७५ रूपैयाँ कायम हुने देखिएको छ । अार्इतबार नेप्सेमा कुमारीको शेयर प्रतिकित्ता १ सय ९८ रूपैयाँमा कारोबार भएको छ । 

लिलामीका लागि अावेदन दिएकामध्ये धेरैले १ सय ५० देखि १ सय ६५ रूपैयाँसम्ममा बोलपत्र अावदेन दिएका छन् । कूल ६ लाख ३२ हजार २ सय ८२ कित्ता लिलामी शेयरका लागि २ हजार ५ सय ८८ वटा खरिद अावेदन परेको बिक्री प्रबन्धक एस क्यापिटलले जानकारी दिएको छ । 

कुमारीको लिलामी शेयरका लागि प्रतिकित्ता अधिकतम १ सय ८९ रूपैयाँसम्म मात्र अावेदन परेको छ । अावेदन खोल्दा प्रतिकित्ता १ सय ७५ रूपैयाँभन्दा बढि अावेदन गर्नेले शेयर पाउनसक्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?