बरिष्ठ संगीतकार अम्बर गुरूङकी श्रीमती बिनाको निधन

काठमाडौं : वरिष्ठ संगीतकार अम्बर गुरूङकी श्रीमती बिना गुरूङको अार्इतबार बेलुकी निधन भएको छ । 

बिनाको स्वास्थ्यस्थिती बिग्रीएपछि काठमाडाैंको ग्राण्डी अस्पतालमा उपचार भर्इरहेको थियो । 

गुरूङको पार्थिव शरिरको अन्त्येष्टि पशुपति अार्यघाटमा सोमबार गरिने अाफन्तजनले बताएका छन् ।

वि.सं. २०११ मा अम्बर गुरूङसँग बिनाको विवाह भएको थियो । 

नेपालको हालको राष्ट्रियगानका संगीतकार गुरूङको २०७३ जेठ २५ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?