ट्रम्प हेलसिंकी वार्ताप्रति सशंकित

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिंकीमा हुने भेटवार्ता प्रति सशंकित देखिएका छन् ।

उतार चढावपूर्ण युरोप भ्रमणको अन्त्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग गर्ने भेटबारे यस्तो बताएका हुन् ।

भ्रमणका क्रममा युरोपेली सहयोगीहरूको आलोचना गरेका छन् । फिनल्यान्डको राजधानीमा हुने सो भेटबारे ट्रम्पले न्यून अपेक्षा रहेको बताए ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनका क्रममा सन् २०१६मा १२ रूसीहरूमाथि प्रविधिको चोरी गरेको आरोप लगाइएको छ ।

ह्याकिंगको आरोपपछि यी दुई नेताबीच भेंट भइरहेको छ ।

यसबारे कुरो उठाउने भने पनि यो वार्ताका लागि ट्रम्पसँग कुनै एज्ेन्डा रहेको छ्रन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले दुई नेताबीच भेटवार्ताका लागि सहमति बनेपनि त्यसबारे कुनै एजेन्डा तय नभएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?