यी ५ बलिउड स्टार जसले आफूभन्दा आधा कम उमेरका जीवनसाथी रोजे

लोकपथ
966
Shares

काठमाडौं । भनिन्छ ‘एभ्री थिङ इज फेयर इन लभ एण्ड वार’ । प्रेममा केही कुराको बाधा हुँदैन । सायद यही कारण प्रेमले हरेक सीमा तोडेर अगाडि बढ्न खोज्छ। बलिउड फिल्म उद्योगको कुरा गर्दा बलिउडका धेरै स्टारहरुले आफ्नो जीवनको प्रेम सम्बन्धमा उमेर हद हेरेका छैनन् ।

बलिउडमा पैमी प्रेमीकाबीचको उमेर सामान्य कुरा भइसकेको छ । बलिउडमा यस्ता धेरै जोडी छन्, जसले आफ्नो आधा उमेरको जीवनसाथी रोजेका छन् । हामी आज तपाईलाई बलिउडका ती स्टारहरूको बारेमा बताउँछौं जसले आफ्नो आधा उमेरको जीवनसाथी रोजेका छन् :

डिम्पल कपाडिया–राजेश खन्ना :

राजेश खन्ना र डिम्पल कपाडिया

बलिउडका पहिलो सुपरस्टार भनिने राजेश खन्ना र डिम्पल कपाडियाको प्रेमकथाको निकै चर्चा भएको थियो । ३३ वर्षको उमेरमा राजेश खन्ना १६ वर्षीया डिम्पलसँग प्रेममा परे । बलिउडमा आएको केही समयपछि डिम्पलले राजेश खन्नासँग विवाह गरिन् । यी दुईबीच १५ वर्षको अन्तर छ ।

सञ्जय दत्त पत्नी मान्यता :

सञ्जय दत्त पत्नी मान्यतासँग

मान्यता मान्यता संजय दत्तकी तेस्रो पत्नी हुन् । प्रेमको मामिलामा सञ्जय दत्तको भाग्य राम्रो भएन । मान्यतालाई भेट्नुअघि उनले दुई पटक विवाह गरेका थिए । सञ्जय दत्तकी श्रीमती सधैं उनको सुख दुखमा साथ दिन्छिन् । दुवैको उमेरमा १९ वर्षको अन्तर छ । उनीहरुको जोडीलाई सामाजिक सञ्जालमा पनि निकै रुचाइएको छ ।

करीना कपूर-सैफ अली खान : 

करीना कपुर-सैफ अली खान

करीना कपूर सैफ अली खानकी दोस्रो पत्नी हुन्। यसअघि सैफले १२ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि सैफले करिनाको हात समात्दा उनी उनीभन्दा १० वर्ष कान्छी थिइन् ।

दिलीप कुमार-सायरा बानो : 

दिलीप कुमार र सायरा बानो

दिलीप कुमार मधुबालालाई धेरै माया गर्थे। मधुबालासँगको प्रेम पूरा हुन नसकेपछि उनले सायरा बानोसँग विवाह गरे । दिलिप कुमारसँग सायराको विवाह हुँदा दिलीप साहब ४५ वर्षका थिए भने सायरा बानो २२ वर्षकी थिइन् ।

शाहिद कपूर-मीरा राजपूत : 

शाहिद कपुर र मीरा राजपूत

शाहिद कपूरले २०१५ मा दिल्लीको कलेजकी छात्रा मीरा राजपूतसँग विवाह गरेका थिए। दुवैले विवाह गर्दा शाहिद ३४ वर्षका थिए भने मीरा २१ वर्षकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?